बाग्मती

नेकपा क्षेत्र नं १ द्वारा आयोजित रक्तदानमा ८२ प्रिन्ट रगत सङ्कलन

१७ बसाख, काठमाडौं । कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन ९बन्दाबन्दी० को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा मध्यबानेश्वर क्षेत्रका ८२ जना स्थानीयवासीले रक्तदान गरे ।

सङ्कलित रगत नेपाल रेडक्रम भक्तपुरमा बुझाइने छ । लकडाउनको समयमा देशैभर रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का इन्चार्ज अनिल शर्माले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सांसद गणेश प्र दुलाल, वडा अध्यक्ष नारायण भण्डारी, वडा सदस्यहरु हुमादेवि आचार्य र रमेस सत्याल पार्टी जिल्ला कार्यालय सदस्य इश्वर सापकोटा तथा जिल्ला सदस्यहरु का साथै मजदुर नेता जनक वर्तौलाको उपस्थित र पहल रहेको पार्टीले बताएको छ ।