१८ बैशाख काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख १८ हजार १सय ८४ पुगेको छ । वल्र्ड मिटरले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १० लाख ६४ हजार १ सय ९४ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
त्यस्तै, स्पेनमा २ लाख ३६ हजार ८ सय ९९, इटालीमा २ लाख ३ हजार ५ सय ९१, फ्रान्समा १ लाख ६६ हजार ४ सय २०, बेलायतमा १ लाख ६५ हजार २ सय २१ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ ।
मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा ६१ हजार ६ सय ५६ को मृत्यु भएको छ ।
त्यस्तै इटालीमा २७ हजार ६ सय ८२, बेलायतमा २६ हजार ९७, स्पेनमा २४ हजार २ सय ७५, फ्रान्समा २४ हजार ८७ जनाको मृत्यु भइसकेको छ।
विश्वभर कोरोना संक्रमणपछि निको हुनेको संख्या पनि बढीरहेको छ । बिहीबार बिहानसम्म १० लाख ३३ जना निको भइसकेका छन् । नेपालमा पनि ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १६ जना उपचारपछि निको भइसकेका छन् ।