१८ बैशाख काठमाडौं । चीनको उहान शहरबाट फैलिएको कोरोना भाईरसले नेपालको छिमेकि मुलुक भारतमा उग्र रुप लिँदै गएको छ । भारतमा संक्रमीतको संख्या ह्वात्तै वढेको छ ।
त्यहाँ आज सम्म संक्रमीत हुनेको संख्या ३३ हजार नाघेको छ । वल्र्ड मिटरको तथ्यांक अनुसार भारतमा आजसम्म ३३ हजार ६२ जना संक्रमीत भएका छन् ।
यस्तै केरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ । नेपालको छिमेकि मुलुकमा यसरी संक्रमीत वढिरहँदा नेपालमा पनि उच्च जोखिम बढेको छ ।
खुला सीमा नाका रहेको कारण अँझै पनि कयौं नाकाबाट लुकेरै भारतबाट प्रबेश रोकिएको छैन ।