२१ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले अहिले प्रेसप्रति राज्य निरंकुश र असहिष्णु बन्दै गएको भनेका छन् ।
आज बिश्व प्रेश स्वतन्त्रता दिवशको अवशरमा शुभकामजा दिँदै निजी संचारमाध्यमलाई सरकारी सुचनाको पहुँचबाट बाहिर राखिनु र संचारकर्मीलाई स्वतन्त्र रुपले काम गर्ने बातावरण नहुनु दुःखद पक्ष भएको बताएका छन् ।
पछिल्लो समय सरकारले बिभिन्न बाहनामा पत्रकारहरुलाई पक्राउ गर्ने, थुनामा राख्ने, बिधेयक ल्याँउदै तर्साउने, सामाजिक सञ्जालमा लेखेको भरका नै बिभिन्न मुद्धा चलाएर दुःख दिने लगायतका कुराहरुप्रति डा कोईरालाको संकेत छ।
डा कोईरालाकै शब्दमाः बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण श्रमजीवी संचारकर्मीहरुलाई शुभकामना ब्यक्त गर्दछु। अहिले प्रेसप्रती राज्य निरंकुश र असहिष्णु बन्दै गएको छ। निजी संचारमाध्यमलाई सरकारी सुचनाको पहुँचबाट बाहिर राखिनु र संचारकर्मीलाई स्वतन्त्र रुपले काम गर्ने बातावरण नहुनु दुःखद पक्ष हो।