२१ बैसाख, काठमाडौं । देउराली क्लवले कोरोना भाईरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैकमा रगतको अभाव भई विरामीहरुलाई समस्या परेको हुँदा देउराली क्लवको तत्वधानमा युनि ग्लोव कलेज हातामा आकस्मिक रक्तदान कार्यक्रम संचालन गरि १११ प्याईन्ट रगत संकलन गरेको छ ।
रक्तदान कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि कामपा वडा ३१ का अध्यक्ष नारायण प्रसाद भण्डारीले ब्लड ब्याग रक्तदातालाई दिएर रक्तदान कार्यक्रम शुरु भएको थियो ।
कोरोना भाईरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण सर्वसाधरणहरुमा खाध्यान्न समस्या परेको हुँदा ती परिवारहरुलाई कामपा वडा ३१ संगको सहकार्यमा खाध्यान्न वितरणको लागि देउराली क्लवका संरक्षक, आजीवन, कार्यसमितिका सदस्यहरु र हितैषी मनकारीज्यूहरुबाट प्राप्त चामल, दाल, चिउरा, नून, तेल, मस्यौरा र आलु राखि बनाएको ८०० थान खाध्यान्न सामाग्रीहरु लकडाउनको कारण खाध्यान्न अभाव भएको परिवारहरुलाई वितरण गरि सकिएको छ ।
त्यसै गरी लकडाउनको कारण यस क्षेत्रमा रहेको सडकमा रहेको कुकुर र विरालोहरु खाना नपाई रहेको स्थीतिमा क्लवका पहलमा क्लवका स्वयम्सेवकहरुले टोलटोलमा पुगी खाना खुवाउने कार्यक्रम पनि भई राखेको छ । देउराली क्लव काठ्माडौको नयाँ बानेश्वरमा रहेको छ ।