अन्तर्राष्ट्रिय

कोरोना कहरः २ लाख ४८ हजार वढीको मृत्यु, संक्रमीतको संख्या ३५ लाख ६३ हजार नाघ्यो

२२ बैशाख काठमाडौं । विश्भर कोरोना संक्रमितको संख्या ३५ लाख नाघेको छ । वल्र्ड मिटरले प्रकाशित गरेको आज सोमबार बिहानसम्मको तथ्यांक अनुसार कुल ३५ लाख ६३ जहार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ ११ लाख ८७ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, स्पेनमा २ लाख ४७ हजार १ सय २२, इटालीमा २ लाख १० हजार ७ सय १७, बेलायतमा १ लाख ८६ हजार ५ सय ९९, फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय ३५ पुगेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ ।

त्यहाँ ६८ हजार ५ सय ८७ ले ज्यान गुमाइसकेका छन् । त्यस्तै, इटालीमा २८ हजार ८ सय ८४, बेलायतमा २८ हजार ४ सय ४६, स्पेनमा २५ हजार २ सय ६४, फ्रान्समा २४ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ । विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।