२२ बैशाख काठमाडौं । नेपाली कांग्रेस नुवाकोट र यशोदादेबि भगवान सिंह केसि मेमोरियल ट्रस्टको तर्फबाट जिल्लाका सबै गाउँपालीकामा स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।
नुवाकोट जिल्लाका १० गाउँपालिकालाई १–१ थान डिजिटल थर्मल मिटर र यशोदादेबि भगवान सिंह केसि मेमोरियल ट्रस्टको तर्फ बाट १–१ हजार माक्स र सेनिटाइजर बितरण गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति एवं ट्रस्टका महासचिब जगदिश्वरनरसिंह केसिले जानकारी दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसिले जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको रोहबरमा शनिबार नुवाकोटका सबै गाउँपालिकाका अध्यक्ष र प्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी, ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसि, कोषाध्यक्ष महेश्वरनरसिंह केसि, जिल्लाको विभिन्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरू लगायतको सहभागिता रहेको थियो ।
चारै जना केसि सहोदर दाजुभाई हुन् । उक्त ट्रस्टले लकडाउनको समयमा दैनिक जसो राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्ने जस्ता सहयोगी कामहरु गर्दै छ ।