अन्तर्राष्ट्रिय

यसै बर्षको अन्त्य सम्ममा कोरोनाको औषधि बन्छः राष्ट्रपति ट्रम्प

२२ बैसाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगाडी एक बर्षभित्र कोारेना भईरसको भ्याक्सिन बन्ने बताएका छन् । उनले एक संचारमाद्यमसँगको अन्तरवार्तामा उक्त भ्याक्सीन बन्ने दाबी गरेका हुन् ।

चार प्रकारका भाईरसहरु देखा परेपनि हालसक्म कुनैपनि भाइरसको औषधी बन्न सकेको छैन । कोारेना भाईरसको औषधिको रुपमा ईबोलाको लागि बनेको औषधि प्रयोग गर्न अनुमति दिएपनि उक्त औषधि भरपर्दो नभएको बताईन्छ ।

बिश्वमा दुई लाख ५० हजारको हाराहारीमा मानिसहरुको मृत्यु भईसकेको अवस्थामा कोरोनाको सबैभन्दा बढी प्रभावित भनेको अमेरिका नै देखिएको छ । कोरोना भाईरसको म्भ्याक्सीन बन्न २०२१ मा सम्भब हुने विज्ञहरुले दाबी गरिरहेका बेला राष्ट्रपति ट्रम्पले यसै बर्षको अन्त्य सम्ममा बन्ने बताएका छन् ।