काठमाडौं २३ बैशाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघेको छ । समाचार तयार पार्दासम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार २ सय ४० पुगेको छ ।
कोरोना संक्रमितको संख्या ३६ लाख ४३ हजार २ सय ३७ पुगेको छ । हालसम्म कोरोना संक्रमितहरुमध्ये ११ लाख ९४ हजार ७ सय ३९ निको भएर घर फर्किएका छन् । वल्र्ड मिटरको बिहान साढे ६ बजेसम्मको तत्यांक अनुसार कोरोना संक्रमणका कारण सबै भन्दा बढी अमेरिकामा ६९ हजार ९ सय २० ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १२ लाख १२ हजार ८ सय १ छ ।
इटालीमा ज्यान गुमाउनेको संख्या २९ हजार ७९ पुगेको छ । त्यस्तै, संक्रमितको संख्या २ लाख ११ हजार ९३८ पुगेको छ, भने निको हुनेहरुको संख्या ८२ हजार ८७९ पुगेको छ । कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या २५ हजार ४२८ पुगेको छ । २ लाख ४८ हजार ३०१ संक्रमित पुगेका छन् ।
यसैबीच १ लाख ५१ हजार ६३३ जना निको भइसकेका छन् । त्यस्तै बेलायतमा ज्यान गुमाउनेको संख्या २८ हजार ७३४ पुगेको छ । संक्रमितको संख्या १ लाख ९० हजार ५८४ जना पुगेको छ । फ्रान्समा २५ हजार २ सय १ ले ज्यान गुमाएका छन्, भने १ लाख ६९ हजार ४ सय ६२ जना संक्रमित पुगेका छन् ।
जसमध्ये ५० हजार ७८४ जना निको भइसकेका छन् । छिमेकी मुलुक भारतमा १ हजार ५६६ जनाको मृत्यु भएको छ भने ४६ हजर ४ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएको छ । हालसम्म नेपालमा पनि संक्रमितहरुको संख्या ७५ जना पुगेको छ जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।