२३ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले लकडाउन भनेको सरकारका लागि सत्ता लम्ब्याउने कबच मात्रै भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त सहमाहामन्त्री महतले सरकारमा बस्नेहरुले लकडाउनको समयलाई जनताको आक्रोसलाई लकडाउन गरि सत्ता कायम राख्ने कबचका रूपमा प्रयोग गर्दै आएको दाबी गरेका छन् ।
साथै नेता महतले लकडाउन मात्र लम्ब्याउने कोरोना टेष्ट भने कछुवा गतिमा किन गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । नेता महतले लकडाउनको को समय संक्रमणको स्थिति पत्ता लगाउने र तयारीका लागि प्रयोग गर्नु पर्ने हैन र ? भन्दै कडा प्रश्न गरेका छन् ।
उनको ट्वीटः Lockdown मात्र लम्ब्याउने test मा कछुवा गति किन ? Lockdown को समय संक्रमणको स्थिति पत्ता लगाउने र तयारीका लागि प्रयोग गर्नु पर्ने हैन रु सरकारमा बस्नेहरु यिअपमयधल समयलाई जनआक्रोस Lockdown गरि सत्ता कायम राख्ने कबचका रूपमा प्रयोग गर्दै छन ।