पु.समाचार

काँग्रेसद्वारा चागुनारायणमा नगरमा निःशुल्कस्वस्थ्य सामग्री हस्तान्तरण

२३ बैसाख, भक्तपुर । नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद एवम् नेपाली कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति जिबन खत्रीले भक्तपुरको चागुनारायण नगरपालिका प्रर्तेक वडाहरुमा स्वास्थ्यकर्मी, स्थानीय तथा जनतालार्इ ग्लोबस्, माक्स र थरमल गन हस्तान्तरण गरेका छन् ।

भक्तपुर जिल्ला अस्पताल, नेपाल कोरिया मैत्री हस्पिटल ठिमी र काठमाडौ मेडिकल कलेज दुवाकोट्मा पनि हस्तान्तरण गरेको छ। उक्त हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षत्रीय सभापति जीवन खत्री, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा नेपाली कांग्रेस चागुनारायण ३ वडा सभापति राजेश साही, तरुण वडा अध्यक्ष अनिल श्रेष्ठ स्थानिय कांग्रेस नेता तरुण नेताहरूको उपस्तिथिमा स्वास्थ सामाग्री हस्तान्तरण गरेको भक्तपुर काँग्रेसले जनाएको छ।

कार्यक्रममा प्रदेश सांसद भँडेलले तथा क्षेत्रीय सभापति जिबन खत्रीको आफ्ना क्षेत्रका जनतालाई स्वास्थ्य र आवश्यक्ताहरू पूरा गर्न नेपाली कांग्रेस भक्तपुर सधैँ तत्पर रहेको बताए । साथै नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले लकडाउनमा खाना लान र उपचार गर्न कोहि बिपन्न परिवारले सकेको छैन भने त्याहको स्थाननिय जनतालार्इ खबर गरिदिन अनुरोध गरेका छन् । नेताहरुले जनताको समस्यामा काँग्रेस सधैं संगै हुने ईतिहासलाई आफूहरुले कहिल्यै नभूल्ने दाबी गरेका थिए ।