२४ काठमाडौं बैशाख । चीनको उहान सहरबाट फैलिएको कोरोना माहामारीले झनै उग्र रुप लिँदै गएको छ । आजसम्म विश्वभर ३७ लाख २४ हजार ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वल्ड मिटरको बिहान साढे ६ बजेसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ ।
त्यहाँ १२ लाख ३७ हजार ४ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, स्पेनमा २ लाख ५० हजार ५ सय ६१, इटालीमा २ लाख १३ हजार १३, बेलायतमा १ लाख ९४ हजार ९ सय ९०, फ्रान्समा १ लाख ७० हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २ लाख ५८ हजार १२ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ७२ हजार २ सय ५६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा २९ हजार ४ सय २७, इटालीमा २९ हजार ३ सय १५, स्पेनमा २५ हजार ६ सय १३, फ्रान्समा २५ हजार ५ सय ३७ जनाको मृत्यु भइसकेको छ।
विश्वभर १२ लाख ४० हजार ५ सय ४० कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ १ लाख ८९ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै, जर्मनीमा १ लाख ३५ हजार १ सय, स्पेनमा १ लाख २३ हजार ४ सय ८६, इटालीमा ८५ हजार २ सय ३१ जना संक्रमणमुक्त भएका छन्।