२४ बैशाख काठमाडौं । चीनको उहान सहरबाट फैलिएको कोरोना माहामारीले अमेरिकामा उग्र रुप लिँदै गएको छ । त्यहाँ कोरोना नियन्त्रण हुनुको साटो संक्रमीत र मृत्यु हुनेको संख्या वढिरहेको छ ।
हालसम्म अमेरिकामा सबैभन्दा धेरै संक्रमीत र मृत्यु हुनेको संख्या छ । त्यहाँ आजसम्म १२ लाख वढी संक्रमीत मात्रै छन् भने मृत्यु हुनेको संख्या ७२ हजर नाघेको छ ।
अमेरिकामा मृत्यु हुनेको संख्या ७२ हजार २ सय ७१ पुगेको छ । साथै संक्रमीतको संख्या १२ लाख ३७ हजार ६ सय ३३ पुगेको छ ।
कोरोनाले मुलुक थला पर्न लाग्दा अमेरिकी राष्टपती डोनाल्ड ट्रम्पले भने एक हप्ताभित्रमा अमरिकाको अवस्था पहिलेको अवस्थामा आउने दाबी गरेका छन् ।