२५बैशाख काठमाडौं । चीनको उहान सहरबाट फैलिएको कोरोना महामारी भारतमा तिब्र रुपमा फैलिँदै गएको छ । संक्रमीत र मृत्यु हुनेहरुको संख्या दिन–प्रतिदिन वढिरहेको छ ।
भारतमा आजसम्म कोरोनाका कारण ५२ हजार वढी संक्रमीत भएका छन् । वल्र्ड मिटरको बिहान ८ बजेसम्मको तथ्यांक अनुसार भारतमा ५२ हजार ९ सय ८७ संक्रमीत भएका छन् ।
भने मृत्यु हुनेको संख्या १७ सय नाघेको छ । भारतमा आजसम्म १ हजार ७ सय ८७ को मृत्यु भएको छ । भारतमा यसरी कोरोना संक्रमण बढ्दै जाँदा नोपा पनि उच्च जोखिममा पर्ने खतरा वढेको छ ।
खुल्ला सिमानाकाका कारण लुकिछिपि भारतबाट आउनेहरुबाट नेपालमा संक्रमणको जोखिम बढिरहेको छ ।