अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाः संक्रमीतको संख्या ४० लाख नाघ्यो, २ लाख ७५ हजार वढीले गुमाए ज्यान

२७ बैशाख काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख १० हजार ६ सय ११ पुगेको छ । संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १३ लाख २१ हजार ६ सय ६६ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

वल्र्ड मिटरको शनिबार बिहान साढे ६ बजेसम्मको तथ्यांक अनुसार स्पेनमा २ लाख ६० हजार १ सय १७, इटालीमा २ लाख १७ हजार १ सय ८५, बेलायतमा २ लाख ११ हजार ३ सय ६४, रुसमा १ लाख ८६ हजार ८ सय ५९, फ्रान्समा १ लाख ७६ हजार २ सय ९ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर २ लाख ७५ हजार ९ सय ६२ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ७८ हजार ५ सय ९९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, बेलायतमा ३१ हजार २ सय ४१, इटालीमा ३० हजार २ सय १, स्पेनमा २६ हजार २ सय ९९, फ्रान्समा २६ हजार २ सय ३३, ब्राजिलमा ९ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ । यस्तै भारतमा ५९ हजार ६ सय ९५ संक्रमीत छन् भने १ हजार ९ सय ८५ को मृत्यु भएको छ ।

त्यस्तै, विश्वभर १३ लाख ४२ हजार ३ सय ४४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । नेपालमा पनि १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३१ जना संक्रमणमुक्त भइसकेका छन् ।