२७ बैशाख काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुका अनुसार कुवेतमा पनि अब कोरोनाभाइरस महामारीको प्रभाव देखिन थालेको छ ।
यसका साथै कुवेतले पनि २० दिने लकडाउन घोषणा गरेको छ । कोरोनाभाइरस संक्रमण रोक्नका लागि कुवेतमा देशव्यापी लकडाउन घोषणा गरिएको हो ।
यो लकडाउन आइतबारबाट सुरु हुने बताइएको छ । कुवेतमा पछिल्लो समय लगातार संक्रमणको संख्या बढिरहेको बताइएको छ । शुक्रबार एक दिनमा मात्र कुवेतमा ६ सय ४१ नयाँ संक्रमित भेटिएका थिए । यो सँगै त्यहाँ संक्रमितको संख्या ७ हजार नाघेको छ ।
कुवेतमा अहिलेसम्म कोभिड १९ का कारण ४७ जनाले ज्यान गुमाएका छन् । पहिलो पटक कुवेतमा २४ फ्रेबुअरीमा संक्रमित भेटिएका थिए ।