२७ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारमा अब कुनै बहाना पनि नबनाउन नबनाउनुहोस् भन्दै ओली सरकारप्रति आक्रोस पोखेका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत नेता थापाले विभिन्न देशमा अलपत्र परेका नेपाली दाजुभाइ–दिदीवहिनीहरूलाई घर ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनले विमानस्थलबाट सिधै सुरक्षित क्वारेन्टाइनमा राराख्नुपर्नेमा जोड दिँदै परीक्षण गरेपछि मात्रै स्थानीय सरकारसँगको समन्वयमा घर पठाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
उनले अगाडी भनेका छन्ः तिनको पसिनाले पोल्छ, अव बहाना नबनाउनुहोस् प्रमज्यू ।
उनको ट्वीटः प्रधानमन्त्रीज्यू विभिन्न देशमा अलपत्र परेका नेपाली दाजुभाइ–दिदीवहिनीहरूलाई घर ल्याऔँ । विमानस्थलबाट सिधै सुरक्षित क्वारेन्टाइनमा राखौँ । परीक्षण गरेपछि मात्रै स्थानीय सरकारसँगको समन्वयमा घर पठाऔं।तिनको पसिनाले पोल्छ, अव बहाना नबनाउनुहोस् प्रमज्यू !