राजनीति

महामन्त्री खड्काको प्रश्नः लिपुलेकमा भारतको गतिविधिमा ओली सरकार किन मौन ?

२७ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले लिपुलेक भएर तिब्बतको मानसरोबर जोड्ने सडक निर्माण गरि भारतले उद्घघाटन गरेको खवर संचार माध्यममा आईरहेको भन्दै यसतर्फ सरकार मौन रहेको संकेत गरेका छन् ।

नेपालको उक्त भुमिमा भारतद्वारा भईरहेको उक्त गतिविधिबारे नेपाल सरकारको धारणा के हो ? तत्काल सार्वजनिक गर्नु पर्यो भनेका छन् । साथै नेता खड्काले देशको भुभागको सुरक्षा गर्नु सरकारको कर्तब्य भएको भन्दै लिपुलेक नेपाली भुभाग हो भनेर हामी सबै प्रश्ट भएको बताएका छन् ।

शुक्रबार भारत सरकारले लिपुलेक भएर तिब्बतको मानसरोबर जोड्ने सडक निर्माण गरि नेपाल सरकारलाई कुनै जानकारी बिनै उद्घघाटन छ ।

 

उनको ट्वीटः लिपुलेक भएर तिब्बतको मानसरोबर जोड्ने सडक निर्माण गरि भारतले उद्घघाटन गरेको खवर संचार माध्यममा आयो । यसबारेमा नेपाल सरकारको धारणा के होरुतत्काल सार्वजनिक गर्नु पर्‍यो @PmNepal । देशको भुभागको सुरक्षा गर्नु सरकारको कर्तब्य हो । हामी सबै प्रष्ट छौ लिपुलेक नेपाली भुभाग हो ।