२७ बैशाख काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भुमि लिपुलेक–कालापानीमा भारतको अतिक्रमणका विरुद्ध सरकारलाई तत्काल कदम चाल्न आक्रोस युक्त आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना समेत गरेका छन् ।
श्रेष्ठले मुलुक कोरोना माहामारीका बिरुध्द लडिरहेको अवस्थामा भारतद्वारा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चाल्नुपर्नेमा जोड दिए ।
उनको ट्वीटः भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमाक्षेत्रको नेपाली भुमीमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु । हामी सबै कोरोना बिरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको बिरुध्द सरकारले तु कदम चालोस् ।