२७ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले निषेधितक्षेत्र सिहंदरवार अघि प्रदर्शन र प्रहरीलाई आक्रमणगर्ने चिनियाँहरुको कार्य शंकास्पदररहस्यमय भएको बताएका छन् ।
उनले चिनियाँ नागरिक घर जान चाहेको भए घरजान चाहेको भए चिनियाँ दुतावास अघि प्रदर्शन गर्नुपर्थ्यो भन्दै उक्त कदम बिरुद्ध आक्रोस पोखेका छन् ।
नेपाल सरकारले आफ्नो मुलुक जान चाहनेनागरिकलाई नरोकेको भन्दै विमान चार्टर गरेर विभिन्न देशले आफ्ना नागरिक लगेका छन्, यसवारे सरकारले छानबिन गरोस् भनेका छन् ।
निशेधित क्षेत्र तोड्दै गर्दा प्रहरीले रोक्न खोजेपछि झण्डै ४ दर्जन चिनियाँले शुक्रबारमात्र प्रहरीमाथी आक्रमण प्रयासगरेका थिए । आक्रमणबाट प्रहरी र चिनियाँ दुबैतर्फ घाईते भएका थिए ।
उनकै शब्दमाः निषेधितक्षेत्र सिहंदरवार अघि प्रदर्शन र प्रहरीलाई आक्रमणगर्ने चिनियाँहरुको कार्य शंकास्पदररहस्यमय छ। घरजान चाहेको भए चिनियाँ दुतावास अघि प्रदर्शन गर्नुपर्थ्यो। फर्कनचाहने बिदेशीलाई नेपालले रोकेको छैन। विमान चार्टर गरेर विभिन्न देशले आफ्ना नागरिक लगेका छन्। यसवारे सरकारले छानबिन गरोस्