पु.समाचार

नेता गुरुङको दाबीः सरकार चिनियाँले प्रहरी कुट्दा भेटिन्न, भ्रष्टाचारमा भेटिन्छ

२७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले सरकार देश र जनतालाई अप्ठ्यारेपरेका बेलामा काहीपनि नभेटिने बताएका छन् ।

उनले सरकार भारतले लिपुलेक मिच्दा? –भेटिन्न, चिनियाँ नागरिकले नेपाल प्रहरीलाई कुट्दा? –भेटिन्न, विदेशमा अलपत्र नेपालीले हारगुहार गर्दा? –भेटिन्न, असाहाय मजदूरले राहत माग्दा? –भेटिन्न, स्वास्थ्य कर्मीले उपकरण माग्दा? –भेटिन्न भन्ने दाबी गरेका छन् ।

नेता गुरुङले सरकार नेपाली जनतालाई अप्ठ्यारो हुनेस्थानमा नभेटिएपनि सरकार कहाँ भेटिन्छ भन्ने दाबी गरेका छन् । उनको सरकारको नेतृत्वकर्तालाई कााही नभेटिएकोसरकार किन भ्रष्टाचारमा मात्र भेटिन्छ भनेर प्रश्न समेतगरेका छन् ।

नेता  गुरुङको आफ्नै शब्दमाः

सरकार कहाँ भेटिन्छ?
भारतले लिपुलेक मिच्दा? –भेटिन्न।
चिनियाँ नागरिकले नेपाल प्रहरीलाई कुट्दा? –भेटिन्न।
विदेशमा अलपत्र नेपालीले हारगुहार गर्दा? –भेटिन्न।
असाहाय मजदूरले राहत माग्दा? –भेटिन्न।
स्वास्थ्य कर्मीले उपकरण माग्दा? –भेटिन्न।

भ्रष्टाचार काण्डमा? –भेटिन्छ।