२७ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेलले सरकार बाहिर बस्दा राष्टबादी बन्ने ओली सत्तामा हुँदा लम्पसारवादी नहुन् भन्दै आक्रोस पोखेका छन् ।
सामाजिक सञ्जाल ट्वीट मार्फत नेता पौडेलले नेपालको भूमिमा सडक निर्माण गर्ने भारतीय मिचाह प्रवृत्ति खेद जनक रहेको बताएका छन् । उनले आफ्नो भूमी रक्षा गर्न सरकारले तत्काल कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
सत्ता बाहिर रहँदा चर्का राष्ट्रवादी नारा लाउने र सत्ता सम्हाल्दा लम्पसार पर्ने नियती नदोहोरियोस भनेका छन् ।
उनको ट्वीटः नेपालको भूमिमा सडक निर्माण गर्ने भारतीय मिचाह प्रवृत्ति खेदजनक छ । आफ्नो भूमी रक्षा गर्न सरकारले तत्काल कडा कदम चालोस । सत्ता बाहिर रहँदा चर्का राष्ट्रवादी नारा लाउने र सत्ता सम्हाल्दा लम्पसार पर्ने नियती नदोहोरियोस ।