अन्तर्राष्ट्रिय

कोरोना,अमेरिका मृत्यु हुनेको संख्या ८० हजार नजिकः भारतमा झण्डै २ हजारले गुमाए ज्यान

२७ बैशाख काठमाडौं । चीनको उहान सहरबाट फैलिएको कोरोना माहामारीका कारण अमेरीका र भारतमा मत्यु हुने र संक्रमीतको संख्या बढिरहेको छ । भारतमा कोरोनाका कारण मृत्यु हनेको संख्या झण्डै २ हजार पुन्दै आँटेको छ भने अमेरीकामा पनि ८० हजार पुग्दैछ ।

वल्र्ड मिटरको तथ्यांक अनुसार अमेरिकामा आजसम्म ७८ हजार ६ सय १६ को मृत्यु भएको छ । त्यहाँ संक्रमीतको संख्या १३ लाख २२ हजार १ सय ६३ संक्रमीत भएका छन् ।

भने उपचारपछि २ लाख २३ हजार ७ सय ४९ निको भएका छन्छ । यस्तै १६ हजार ९ सय ७८ को अवस्था गम्भिर रहेको छ । उता नेपालको छिमेकी देश भारतमा पनी १ हजार ९ सय ८६ को मृत्यु भएको छ ।

त्यहाँ ५९ हजार ७ सय ६५ संक्रमीत छन् । भने १७ हजार ८ सय ९७ उपचारपछि निको भएका छन् । यी दुई देशमा कोरोनाको महामारी थप जटिल बन्दै गईरहेको छ ।