सामाजिक सञ्जाल

नेपाली भूमिमा भारतले सडक बनाई उद्घाटन गर्दासम्म संसदमा कोहीपनि नबोल्नु दुर्भाग्यः नेता डा भण्डारी

२७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता डा चन्द्र भण्डारीले भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाई उद्घाटन गर्दा समेत नेपालको संसदमा नेताहरुको सम्बोधनमा एक शब्द नबोल्नु दुर्भाग्य भएको बताएका छन् । उनट् ट्वीट गर्दै सरकारका सम्बन्धित मन्त्रिहरु निरिह देखिएको बिश्लेशण गर्दै कति हेपेको भारतले ? भनेर प्रश्न गरेका छन् ।

नेता भण्डारीले आमालाई बलत्कार गर्दा नबोल्ने सन्तानको संज्ञा दिँदै आक्रोश पोखेका छन् । शुक्रबारमात्र भारतीय पक्षले मानसरोबर जाने भन्दै लीपुलेक क्षेत्रमा बाटो उद्घाटन गरेको समाचार आएपछि नेता भण्डारीके प्रतिकृया आएको हो ।

डा भण्डारीको आफ्नै शब्दमाः भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाई उद्घाटन गर्दा समेत नेपालको संसदमा नेताहरुको सम्बोधनमा एक शब्द नबोल्नु दुर्भाग्य हो । सरकारका सम्बन्धित मन्त्रिहरु त निरिह देखिए । कति हेपेको भारतले ? आमालाई बलत्कार गर्दा नबोल्ने सन्तान ।