बाग्मती

सेवामा लागेको क्लव माहामारीमा पनि सकृय रहन्छ, भ्रममा नपर्न सबैमा आग्रह

२८ बैसाख, काठमाडौं । देउराली क्लवले कोरोना भाईरस (कोभिड–१९) को महामारीले नेपालमा प्रवेश गर्न पूर्व २०७६ साल माघ २२ गते नै बानेश्वरमा रहेका विभिन्न सामाजिक एवं शैक्षिक संस्थाहरु तथा सामुदायिक प्रहरी संग सहकार्य गर्दै जनचेतनाको लागि आनन्द ईभेण्ट एण्ड म्यानजमेन्टको हलमा टेकु स्थीत इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाका प्रतिनिधि, सिभिल हस्पिटलका कोरोना विशषज्ञ डाक्टरका साथै नोबल हस्पिटलबाट समेतका डाक्टरबाट जनचेतना मूलक कार्यक्रम गरिसकेको कुरा सबैमा स्मरण गराएको छ ।

क्लवले कोरोना भाईरसबारे सर्वसाधरणका लागि जनचेतनामूलक सन्देश पर्चाको रुपमा छपाई गरि उक्त क्षेत्रमा वितरण गर्नका साथैै क्लवका पदाधिकारी विभिन्न जिल्लाहरुमा पुगेर पनि पर्चा वितरण गरि जनचेतना जगाउनेकार्य सम्पन्न गरि सकेको जानकारी दिँदै हाल पनि उक्त पर्चा वितरण कार्य अझै संचालन भै राखेको छ

कोरोना भाईरस (कोभिड–१९) ले विश्लाई नैै आक्रान्त बनाई देश लामो समय लकडाउनको चापमा परि सर्वसाधरणहरुको धेरै मर्कामा परी खाध्यान्न अभाव भएको हुँदा उतनीहरुलाई कामपा वडा ३१ संगको सहकार्यमा देउराली क्लवका संरक्षक, आजीवन, कार्यसमितिका सदस्यहरु र हितैषी मनकारीहरुबाट प्राप्त सहयोगबाट ८०० परिवारहरुलाई खाध्यान्न वितरण गरि सकेको क्लवले त्यस भन्दा पहिले कामपा ३१ का सहयोगमा २५० परिवारलाई पनि राहत वितरण गरि सकेको कुरा पनि सबैमा जानकारी गराएको छ ।

क्लवले आफ्ना स्वयम्सेवकहरु टोलटोलमा पुगी स्यानेटाईजर छर्कने र यस क्षेत्रमा रहेको सडक कुकुर र विरालोहरुलाई खाना खुवाउने कार्यक्रम पनि भई राखेको बताउँदै ब्लडबैकमा रगतको अभाव भई विरामीहरुलाई मर्कामा परेकोले क्लवको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरि १११ प्वाईण्ट रगत संकलन गरि सकेको पनि सम्झाएको छ ।

क्लवले खाध्यान्न वितरणले मात्र यस क्षेत्रमा बसोवास गर्ने सर्वसाधरण परिवारहरुको विभिन्न कारणले चुल्हो बल्न नसकेको कारण २०७७ बैशाख २३ गते देखि क्लवको तत्वधानमा श्री भीमसेनगोला माध्यमिक विद्यालयको परिशरमा भोजन खुवाउने कार्यक्रम प्रारम्भ गरि ३०० जना भन्दा बढी व्यक्तिहरुलाई आत्मा सम्मानमा ठेस नलाग्ने गरि संतोष पूर्ण ढंगले खाना खुवाई रहेको कुरा पनि जानकारी दिएको छ ।

यसरी क्लवले आफ्नै साधन र श्रोतका साथै विभिन्न मनकारी सहयोगी दाताहरुको सहयोगले र कामपा वडा ३१ को सहकार्यमा क्लवले निःशुल्क भोजन वितरण कार्य संचालन गरिराखेको स्थीतिमा बेला बखत बिभिन्न अनलाईन संचार माध्यममा र सामाजिक संञ्जालहरुमा क्लवका हितकारीहरुको बीचमा फाटो उत्पन्न गराउने र क्लवको मनकारीहरुको सहयोगलाई अवमूल्यन गरि विभिन्न व्यक्तिहरुको सहयोगले संचालन भएको भन्ने खालको भ्रामक प्रकारको समचारहरु बेला बखत संम्प्रेशण भई राखको हुँदा क्लव त्यस्ता सबै प्रकारका समचारहरुको घोर भत्र्सना गर्दै त्यस्ता प्रकारको समचार र सामाजिक संञ्जालको भ्रामक कुराहरुको पछि नलाग्न आग्रह गर्दै कार्यक्रमहरु क्लव स्वयम्को पहलमा भई राखेको कुरा एक बिज्ञप्ती प्रकाशित गर्दै देउराली क्लवका अध्यक्ष अर्जुन रानामगरले स्पष्ट गरेका छन् । ।