बाग्मती

सिमामा अलपत्र नेपालीलाई नेपाल ल्याउन आनाकानी गर्नु अन्यायपुर्णः ऋषिकेश जंग शाह

३१ काठमाडौं बैशाख । नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले मजदुरी अथवा अन्य कुनै कामको सिलसिलामा भारत गएका नेपालिहरुलाई नेपाल ल्याउन सरकार सँग माग गरेका छन ।

शाहले एउटा बक्तब्य जारी गर्दै यस्तो माग गरेका हुन । उनले भारतमा रहेका नेपालीहरु निकै दुख कष्टमा रहेको भन्दै यस्तो बेला पनि सरकारले ती नागरिकलाई बेवास्ता गर्नु निकै निन्दनीय कुरा भएको जिकिर गरेका छन ।

शाहले भनेका छन छिमेकी भारतमा रहेका नेपालीहरूलाई सहजै ब्यबस्थापन गर्न सकिने परिस्थिति छ तर सरकारले ब्यवस्थापन गर्न सकिने परिस्थितिलाई ब्यबस्थापन गर्न चाहेको छैन यो अन्यायपूर्ण हो ।

तत्काल भारतमा भएका नेपालीलाई स्वदेश नफर्काए त्यसका विरुद्ध लड्ने पनि शाहले उद्घोष गरेका छन । उनले सिमा नाकासम्म आएकाहरुलाई देश भित्र्याउने र सरकारले बोर्डरमा कोरोना परीक्षणको क्षमता बृद्धि गर्नुपर्ने पनि बताए ।

युवा नेता शाह भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किन बोर्डर तिर लम्कि रहेका दाज़ुभाईहरूको समर्थनमा रहेको पनि स्पष्ट पारेका छन ।