सामाजिक सञ्जाल

अध्यक्ष थापाले ओलीलाई भन्छन्: सरकारको लापरबाहीले संक्रमण भयावह हुनसक्छ

३१ बैसाख, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सरकारको लापरबाहीका कारण मुलुकमा कोरोनासंक्रमणले भयाबह रुप लिनसक्नेतर्फ सचेत हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षणगराएका छन् । अध्यक्ष थापाले संक्रमितहरुको संख्या बढनुको मुख्य कारण भारतसँगको सिमा नियन्त्रणमा कमजोरी, भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्ने प्रभावकारी व्यवस्थाको अभाव र खुकुलो अन्तरजिल्ला आवागमन भएको अध्यक्ष थापाले ठकर गर्दै सरकारको काम यसतर्फ नभएको बताएका छन् ।

राप्रपाले देशभर राहत बाँड्ने र भारत सरकारले मिचेको कालापानी, लिपुलेक र लिम्पीयाधुरा फिर्ताका लागि भारतीय दूताबासमा तथा देशभर बिरोध जनाउने लगायतका काममा सकृय गराईरहेका बेला अधयक्ष थापाले कोरोनासंक्रमणबाट सरकारलाई सच्चिएर काम गर्न सल्लाह दिएका छन् ।

उनको ट्वीटः प्रम @kpsharmaoli ज्यु तपाईको सरकारले काम गरिरहेको छैन। संक्रमितहरुको संख्या बढनुको मुख्य कारण भारतसँगको सिमा नियन्त्रणमा कमजोरी, भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्ने प्रभावकारी व्यवस्थाको अभाव र खुकुलो अन्तरजिल्ला आवागमन हो। सरकारको लापरबाहीले संक्रमण भयावह हुनसक्छ।ध्यान दिनुहोला !