समाचार

भक्तपुरमा कोरोना संक्रमीत देखिएका दुई स्थानलाई गरियो सिल

३१ बैशख काठमाडौं । एकै दिन दुई जनामा कोरोना संक्रमण देखिएपछि भक्तपुरमा थप सर्तकता अपनाईएको छ । मंगलबार भक्तपुरमा एक प्रहरी पुरुष र एक महिला स्टाप नर्समा कोरोना संक्रमण देखिएपछि भक्तपुको विभिन्न स्थानमा सिल गरिएको छ ।

कोरोना फैलन नदिनका लागि भक्तपुरका दुई ठाउँलाई सिल गरिएको छ । संक्रमण पुष्टि भएसंगै आज बिहानै देखी दुवाकोट र शंकधर चोक आसपासमा शिल गरिएको छ ।

मंगलबार दुवाकोटमा वस्दै आएका पुरुष र मध्यपुथिमि नगरपालीका शंखधरचोक नजिकै बस्ने एक महिलामा कोरोना देखिएको थियो ।

उक्त महिला घरदेखी आई भक्तपुरमा आफ्नो साथिको कोठामा वसेकी थिईन । र पुरुष भने सशस्त प्रहरी रहेको खुलेको छ । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।