अन्तर्राष्ट्रिय

कोरोनाः झण्डै ३ लाखको मृत्यु, संक्रमीतको संख्या ४४ लाख २७ हजार नाघ्यो

१ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४४ लाख २७ हजार ५ सय ४३ पुगेको छ । वल्र्ड मिटरले प्रकाशित गरेको बिहिबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १४ लाख ३० हजार ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, रुसमा २ लाख ४२ हजार २ सय ७१, स्पेनमा २ लाख ७१ हजार ९५, बेलायतमा २ लाख २९ हजार ७ सय ५, इटालीमा २ लाख २२ हजार १ सय ४, फ्रान्समा १ लाख ७८ हजार ६०, ब्राजिलमा १ लाख ८९ हजार १ सय ६७ मा संक्रमण पुष्टि भएको छ ।

विश्वभर २ लाख ९८ हजार ५९ को कोरोना संक्रमणपछि मृत्यु भएको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ८५ हजार १ सय ९७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, बेलायतमा ३३ हजार १ सय ८६, इटालीमा ३१ हजार १ सय ६, फ्रान्समा २७ हजार ७४, स्पेनमा २७ हजार १ सय ४, ब्राजिलमा १३ हजार १ सय ५८ को मृत्यु भइसकेको छ ।

विश्वभर १६ लाख ५७ हजार ७ सय ३५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ३ लाख १० हजार २ सय ५९ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, स्पेनमा १ लाख ८३ हजार २सय २७ , इटालीमा १ लाख १२ हजार ५ सय ४१ जना संक्रमणमुक्त भइसकेका छन् ।

नेपालमा पनि २ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारमात्रै २६ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा संक्रमितमध्ये ३५ जना संक्रमणमुक्त भएका छन् ।