सामाजिक सञ्जाल

धनराजको आक्रोशः हामीलाई हाम्रो देशको माटो चाहिएको हो कि भाडा?

०१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले हामीलाई हाम्रो देशको माटो चाहिएको हो कि भाडा? भनेर प्रश्न गरेका छन् । नेता गुरुङले भनेका छन्, ‘आजभोलि कहिले लिपुलेक भारतलाई भाडामा दिने कुरा सुन्छु। कहिले लिपुलेकमा बनेको सडक भारतलाई भाडामा दिने कुरा सुन्छु।’ भन्दै उक्त प्रश्न गरेका हुन् । नेता गुरुङले भारतले कालापानी, लिपुलेक र लिम्पीयाधुरा सीमा मिचेको बिषयलाई कोट्याउँदै आफ्नै घर जलाउनेसँग खरानीको भीख माग्ने? राष्ट्रियताको संदर्भमा यो भन्दा दुर्भाग्य के हुन सक्छ? भन्दै आक्रोश पोखेका छन् ।

पछिल्लो समय बिभिन्न ब्यक्रीहरुले लिपुलेकमा भारतले बनाएको बाटोको भारतसंग भाडा लिनुपर्ने कुरा आईरहेका बेला नेता गुरुङको प्रतिकृया आएको हो ।

नेता गुरुङ: आजभोलि कहिले लिपुलेक भारतलाई भाडामा दिने कुरा सुन्छु। कहिले लिपुलेकमा बनेको सडक भारतलाई भाडामा दिने कुरा सुन्छु। हामीलाई हाम्रो देशको माटो चाहिएको हो कि भाडा? आफ्नै घर जलाउनेसँग खरानीको भीख माग्ने? राष्ट्रियताको संदर्भमा यो भन्दा दुर्भाग्य के हुन सक्छ?