०१ जेठ, काठमाडौं । नेकपाका स्थायी समिति सदस्य भिम रावलले अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुने बताएका छन् ।
उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्ने भन्दै आक्रोश पोखेका हुन् ।
पूर्ब गृहमन्त्री समेत रहेका नेता रावलले भारतले मिचेको भूमि फिर्ता गर्न सरकारलेपहल गर्नुपर्ने माग पटक पटक गरिरहेका छन् । त्यसै क्रममा ट्वीट गर्दै नेता रावलले भाडाको कुरा गर्नु गलत भन्दै टिप्पणी गरेका हुन् ।
नेता रावलको ट्वीटः लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।