अन्तर्राष्ट्रिय

आफ्ना नागरिक ल्याउन पश्चिम बङ्गालद्वारा १०५ रेलको व्यवस्था

एजेन्सी । भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ । राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप १०५ ओटा विषेश रेलको व्यवस्था गरिएको घोषणा गरेका हुन् ।

लकडाउनका कारण अलपत्र परेका, पश्चिम बङ्गाल राज्यमा आउनैपर्ने अवस्थामा रहेका नागरिकहरुलाई ल्याउनका लागि ती रेलहरुको व्यवस्था गरिएको हो । “हाम्रा नागरिकलाई सहयोग गर्ने हाम्रो जिम्मेवारी अनुसार हामीले राज्यभन्दा बाहिर रहेका व्यक्तिहरुलाई आउनका लागि विषेश रेलहरुको व्यवस्था गरेका हौँ,” उनले भने ।

आउन चाहने सवैलाई पुग्नेगरी १०५ वटा रेलको व्यवस्था गरिएको पनि उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएका छन् । उनले देशका विभिन्न ठाउँमा आउन चाहनेहरुको संख्याका आधारमा ती विषेश रेलहरु पठाइने बताए ।