२ जेठ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । शुक्रबार बिहानसम्म कोरोनाका कारण विश्वभरमा ३ लाख ३ हजार ७० जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ९ सय जनाको मृत्यु भएको छ ।
बेलायतमा ३३ हजार ६१४, इटलीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२५ कोरोना संक्रमितको ज्यान गएको छ ।
हाल विश्वभर २५ लाख १५ हजार ६३६ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ४५ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र बाँकीको मध्यम रहेको छ । यस्तै १७ लाख २ हजार १ सय १३ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
यस्तै वल्र्ड मिटरको पछिल्लो तथ्यांक अनुसार विश्वभरी संक्रमीतको संख्या ४५ लाख २१ हजार १ सय ७४ पुगेको छ । भने सबैभन्दा धेरै संक्रमीत अमेरिकामा नै छ त्यहाँ १४ लाख ५६ हजार ७ सय ४५ संक्रमीतको संख्या छ ।
यस्तै बेलायतमा २ लाख ३३ हजार १ सय ५१, ईटलीमा २ लाख २३ हजार ९६, फ्रान्समा १ लाख ७८ हजार ८ सय ७० रहेका छन् । त्यसैगरी स्पेनमा २ लाख ७२ हजार ६ सय ४६, ब्राजिलमा २ लाख २ हजार ९सय १८ जना संक्रमीत भएका छन् ।