समाचार

प्रदेश १ मा थप १ जना कोरोना संक्रमीत निकोः भए डिस्चार्ज

१ जेठ मोरङ । प्रदेश नम्बर १ मा थप १ जना कोरोना संक्रमीतले कोरोना जितेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना व्यक्ती आज (शुक्रबार) डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए ।

आज डिस्चार्ज भएका सुल्तानमा गएको वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वरेन्टीनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जना गरी प्रदेश १ मा जम्मा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।