२ जेठ काठमाडौं । कोरोना माहामारीको यो संकटको समयमा नागरिकको रक्षा गर्न र नागरिकलाई सचेत गराउनु पर्ने व्यक्तिले नै ठुलो लापरबाहि गरेको पाईएको छ । एक नगरपालीकाका वडाअध्यक्षले भारतबाट आएका आफ्ना छोरालाई क्वारेन्टाईनमा नराखि सिंधै घर लगेको खुलाशा भएको छ ।
सप्तरीका एक वडाअध्यक्षले भारतमा अध्यनरत छोरोलाई नेपालमा ल्याई घरमा लगेका छन् । वडा अधयक्षले नै भारतदेखी आएका छोरालाई घरमा राखेपछि उक्त स्थानका स्थानीय त्रसित भएका छन् । स्थानीयवासीले छोरालाई तत्काल क्वारेन्टाईनमा पठाई वडाअध्यक्षको सबै परिवारमा कोरोना परिक्षण गर्न उनिहरुले माग गरेका छन् ।
जिल्लाको बोदे बसाई नगरपालीका ६ का अध्यक्ष जयराम साहका छोरा भारतमा इन्जिनियरिङ पढ्का लागि भारत गएका थिए । उनि बुधबार राति नेपाल आएका थिए । अन्य व्यक्तिलाई सस्माबाट प्रवेश गर्न नदिएपछि वडाअध्यक्षका छोरा कसरी नेपाल छिरे भनेर स्थानीय नै चकित परेका छन् ।
बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य संयोजक एवं क्वारेन्टाइन प्रमुख ऐयुब राइनले वडा अध्यक्षका छोरा क्वारेन्टाइनमा नआएको बताए ।