३ जेठ काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४६ लाख २१ हजार ४ सय ६ पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८ हजार १ सय ५४ पुगेको छ । यस्तै १७ लाख ५५ हजार १ सय ४० जना उपचारपछि भाइरसमुक्त भएका छन् ।
वर्ल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा ८८ हजार ५ सय ७ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या १४ लाख ८४ हजार २ सय ८४ पुगेको छ ।
यस्तै स्पेनमा २ लाख ७४ हजार ३ सय ६७ जनामा संक्रमण देखिएको छ भने २७ हजार ४ सय ५९ जनाको संक्रमणबाट मृत्यु भएको छ । रसियामा २ लाख ६२ हजार ८ सय ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २ हजार ४ सय १८ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
बेलायतमा २ लाख ३६ हजार ७ सय ११ जनामा भाइरस देखिएको बताउँदै वर्ल्डोमिटरले हालसम्म बेलायतमा ३३ हजार ९ सय ९८ जनाको मृत्यु जनाएको छ । इटालीमा २ लाख २३ हजार ८ सय ८५ जनामा भाइरस संक्रमण देखिएको छ भने ३१ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।
यस्तै ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जनामा भाइरस संक्रमण देखिएको छ भने १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा १ लाख ७९ हजार ५ सय ६ संक्रमीत छन् भने २७ हजार ५ सय २९ को मृत्यु भएको छ । उता भारतमा ८५ हजार ७ सय ८४ संक्रमीत छन् भने २ हजार ७ सय ५३ को मृत्यु भएको छ ।