३ जेठ काठमाडौं । दाङमा शुक्रबार पहिलो कोरोना संक्रमीत देखिएका छन् । शुक्रबार दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुषमा कोरोना देखिएको थियो । साथै उक्त व्यक्ति काठमाडौंको टिचिङ अस्पतालका स्वास्थ्यकर्मी भएको खुलेको छ र उनि हाल काठमाडौंमै रहँदा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले दाङमा पहिलोपटक संक्रमीण देखिएका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको बतएका छन् ।
उनलाई बिरामिको उपचार गर्ने क्रमण संक्रमण भएको अनुमान गरिएको छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टरसहित ३८ जना क्वारेन्टाइनमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।