३ जेठ काठमाडौं । आजदेखी जिल्लाभित्र आवतजावत गर्न यसअघि जारी सबैै सवारी पास रद्ध गरिएको छ । यसअघि एक जिल्लाबाट अर्काे जिल्ला जानलाई बनाईएको सबै पास रद्ध गरिसकेको सरकारले आजदेखी जिल्लाभित्रैको पास पनि रद्ध गरेको हो ।
कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनका बेला जिल्लाभित्र आवतजावत गर्न यसअघि स्थानीय प्रशासनले जारी गरेका सबै पास आजदेखि रद्द गरिएको छ । पासको दुरुपयोग गर्ने र आवागमन गरेका मानिसहरूमा कोरोना संक्रमण भेटिएपछि सवारी पास रद्द गरिएको हो ।
गृह मन्त्रालयले जेठ १ गते नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न जारी गरेको सबै प्रकृतिका पासहरु रद्द गरिसकेको छ । अर्को सूचना जारी नभएसम्म जिल्लाभित्र आवतजावत गर्न जारी गरिएको पास पनि आजदेखि रद्द गरिदिएको हो ।
जिल्ला प्रशासन कार्यालयहरूले पनि गृहको निर्देशनअनुसार पास रद्द गरिएको जनाएका छन् । अत्यावश्यक काम पर्नेले अब सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारण खुलाएर निवेदन दिएपछि मात्र सवारी पास प्राप्त गर्न सक्नेछन् ।
प्रमुख जिल्ला अधिकारीले उपयुक्त देखेमा मात्र पास जारी हुनेछ । अर्को जिल्लामा जानुपर्ने भएमा जुन जिल्ला पुग्नुपर्ने हो, त्यहाँको जिल्ला प्रशासन कार्यालयको पनि अनुमति लिनुपर्ने गृहले जनाएको छ । अब काठमाडौं उपत्यका प्रवेश गर्ने पास चाहनेले गृह मन्त्रालयबाटै स्वीकृति लिनुपर्नेछ ।