अन्तर्राष्ट्रिय

भारतको उत्तर प्रदेशमा भयो बिहानै भयानक दुर्घटनाः घर हिँडेका २४ मजदूरको मृत्यु

३ जेठ काठमाडौं । भारतको उत्तर प्रदेशमा आज (शनिबार) बिहानै भयानक दुर्घटना भएको छ । आज बिहानै भएको ट्रक दुर्घटनामा परि २४ जनाको मृत्यु भएको छ ।

कोरोनाका कारण भारतमा जारी लकडाउले प्रभावित भएर घर र्फकैंदै गरेका २४ जना आप्रवासी मजदुरहरुको मृत्यु भएको बिबिसी हिन्दीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा परि दर्जनौं घाईते भएको जनाईएको छ । आज बिहान करिब साढे ३ बजेतिर दुई ओटा सवारी एकआपसमा ठोक्किदा उत्तर प्रदेशको औरइयामा दुर्घटना भएको हो हो ।

दुर्घटनामा घाईएतेलाई उद्धारगरी अस्पताल लगिएको जनाईएको छ । उक्त दुर्घटनमा परेका अधिकांस मानिशहरु बिहार, झारखण्ड र पश्चिम वंगालका रहेका छन् ।