३ बैसाख, काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षा, रुपान्तरण र समाजवाद निर्माणको अभियानमा दृढ रहने सँकल्प रहेको बताएका छन् । सचिवालय सदस्य समेत रहेका नेता श्रेष्ठले २७औं मदन–आश्रित स्मृति दिवसको आजकै दिनमा२ बर्ष अघि हामीले पार्टीएकता गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण गरेको स्मरण गर्दै पार्टी एकताको बिषयलाई जोडेका छन् ।
नेकपा एमाले र माओबादी केन्द्र पार्टी एकीकरण भएर नेकपा बनेको दिनलाई स्मरण गर्दै पछिल्लो समय नेकपाभित्र भएका बिबादका कारण पार्टीमा समस्या आएकोतर्फ पनि संकेत गरेका छन् । समाजबादको बिषयमा खुलेर कुरा गर्न थालेका नेता श्रेष्ठले आजपनि समाजबाद निर्माणको अभियानमा लाग्ने संकलप समेत गरेका छन् ।
नेता श्रेष्ठको ट्वीटः
२७औं मदन–आश्रित स्मृति दिवसको आजकै दिनमा२बर्ष अघि हामीले पार्टीएकता गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्माण गरेका थियौं । यस अवसरमा २महान् क्रान्तिकारी नेताहरुप्रति श्रध्दाञ्जलि अर्पण गर्दछु र पार्टी एकताको रक्षा, रुपान्तरण र समाजवाद निर्माणको अभियानमा दृढ रहने सँकल्प गर्दछु।