५ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले देशका ठुलाबडा भनाउँदाहरुको बैठकमा जानु अघि अनिवार्य रुपमा स्वाब टेष्ट गर्ने तर सर्बसाधरण जनताको भने मरिसके पछि मात्रै स्वाब टेष्ट गर्ने हो सरकार? प्रश्न गरेका छन् । नेपालमा कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको भएपनि उनीहरुको स्वाब संकलन मरेपछिमात्र गरिएकोतर्फ मध्यनजर गर्दै उक्त प्रश्न गरेका हुन् ।
नेपालमा कोरोना संक्रमीतको संखया २९५ पुगिसकेको भएपनि कोरोनाबाट मृत्यु भएका २९ बर्षीया महिला र २५ बर्षीया पुरुष दुबै सरकारले पहिलेनै स्वास संकल नगरेर कोरोना संक्रमण पत्ता लगाएका ब्यक्ती थिएनन् । संक्रमीतहरु आईसोलेशनमा बसेर निको भई फर्कने क्रम जारी भएपनि मरिसकेपछिमात्र रोग पत्ता लाग्न थाल्नुले सरकारले गरेको संक्रमीतको स्वाब संकलन प्रकृयामा नै बिभिन्न ब्यक्तीहरुले प्रश्न उठाउन थालेका छन् ।
नेता गुरुङ भन्छन्: देशका ठुलाबडा भनाउँदाहरुको बैठकमा जानु अघि अनिवार्य रुपमा स्वाब टेष्ट गर्ने तर सर्बसाधरण जनताको भने मरिसके पछि मात्रै स्वाब टेष्ट गर्ने हो सरकार? के हामी जनता गणतान्त्रिक नेपालका रैती हौं? ३कोरोना–संकट (नोटः कोरोना संक्रमणबाट मृत्यु भएका दुबैजनाको स्वाब टेष्ट मृत्यु भैसके पछि मात्रै गरियो।)