६ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४८ लाख ८८ हजार ४१ पुगेको छ । वल्र्ड मिटरले काशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ५० हजार २ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, रुसमा २ लाख ९० हजार ६ सय ७८, ब्राजिलमा २ लाख ५५ हजार ३ सय ६८, बेलायतमा २ लाख ४६ हजार ४ सय ६, स्पेनमा २ लाख ७८ हजार १ सय ८८, इटालीमा २ लाख २५ हजार ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख १९ हजार ९ सय ६० जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ९१ हजार ९ सय ७६ । त्यस्तै, बेलायतमा ३४ हजार ७ सय ९६, इटालीमा ३२ हजार ७, फ्रान्समा २८ हजार २ सय ३९ को मृत्यु भइसकेको छ ।
विश्वभर १९ लाख ५ हजार २ सय ३८ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ३ लाख ५६ हजार ३ सय ७५, जर्मनीमा १ लाख ५४ हजार ६ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना अहिले संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख ३ हजार २ सय २८ जन संक्रमीत भएका छन् भने ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ । नेपालमा ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार एकैदिन ८० जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितहरुमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना संक्रमणमुक्त भएका छन् ।