६ जेठ काठमाडौं । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट, अखिल (क्रान्तिकारी) र युवा संगठन कैलालीले नेपाली भुमि मिचेर भारतले सडक बनाएको बिरोधमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको छ । साथै बिरोधको कार्यक्रममा सहभागिले हालै भाररतले नेपालको भुमि प्रयोग गरि चिन संग जोड्ने ब्यापारिक मार्ग को उद्घाटन गरिएको र भारतीय साम्राज्यवादि हस्तक्षेप को उक्त कदम प्रती घोर निन्दा एवं भत्सर्ना गरेका छन् ।
साम्राज्यवादि भारतका रक्षामन्त्री राजनाथ सिहले नेपाली भुभाग गुन्जी र लिपुलेख हुँदै धार्चुला र मानसरोवर जोड्ने ब्यापारिक मार्ग उद्घाटन गर्दा समेत राष्ट्रघाती ओलिसरकारको उदासिनता र लाचारिपन प्रति पार्टीको केन्द्रिय कार्यक्रम अन्तर्गत सो कार्य तत्काल रोक्नका लागि भारतीय सरकार संग कुटनैतिक पहल गर्नका लागि नेपाल सरकार संग माग गद्रै कैलालीको धनगढीमा र लम्की लगायत भिन्नाभिन्नै ठाउँमा कार्यक्रम गरि उक्त कदम विरूद्ध भारतीय प्रधानमन्त्री मोदी तथा भारतीय रक्षा मन्त्रीको पुत्ला सहित मसाल जुलुस गरेको जनाएको छ ।
कार्यक्रम नगर इन्चार्ज अनमोल र अखिल (क्रान्तिकारी) अध्यक्ष सुवासले नेपालको भौगोलिक अखण्डता र स्वाधीनता माथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रबैयाका विरुद्ध एकजुट भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनमा सरिक हुन सम्पुर्ण देशभक्त नागरिक, बुद्धिजीवी , प्राध्यापक , मजदुर, श्रमिक, सुरक्षाकर्मी , पत्रकार ,नागरिक समाज , लगायत सम्पुर्ण राष्ट्रभक्त , न्यायप्रेमी जनसमुदायमा आग्रह गरेका थिए । साथै लम्की मा भएको कार्यक्रम लाई युवा संगठन नेपाल कैलालीका अध्यक्ष दिपक ले सम्बोधन गरेका थिए ।