६ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले सरकारले भारतद्वारा अतिक्रमीत भुमि समेटेर नक्सा सार्बजनिक गर्नु स्वागत योग्य भएको भन्दै अतिक्रमित भुमिबाट अब तुरुन्त भारतीय सेना हटाउन आग्रह गरेका छन् ।
जनताको दर्बिलो जनदबाव, संसदीय समितिको निर्देशन, संसदमा संकल्प प्रस्ताव हुँदै मन्त्री परिषदबाट कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्शा पारित गरिएको कुरा स्वागत योग्य रहेको बताएका छन् ।
साथै नेता गुरुङले अब यी अतिक्रमित नेपालको भूमीबाट तुरुन्त भारतीय सेना हटाएर हाम्रो भूमी हाम्रै उपयोगमा ल्याउन माग गरेका छन् । हिजो मात्रै मन्त्रीपरिषदको बैठकबाट नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ ।
उनको ट्वीटः जनताको दर्बिलो जनदबाव,संसदीय समितिको निर्देशन,संसदमा संकल्प प्रस्ताव हुँदै मन्त्री परिषदबाट लापानी,लिपुलेक,लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्शा पारित गरिएको कुरा स्वागत योग्य छ । अब यी अतिक्रमित नेपालको भूमीबाट तुरुन्त भारतीय सेना हटाएर हाम्रो भूमी हाम्रै उपयोगमा ल्यउनु पर्दछ ।