राजनीति

सरकारको अबको दायीत्व अतिक्रमित भूमिबाट बिदेशीलाई फिर्ता पठाउनु होः अध्यक्ष थापा

६ जेठ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सरकारको अबको दायीत्व भारतद्वारा अतिक्रमित भूमिबाट बिदेशीलाई फिर्ता पठाउनु रहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत अध्यक्ष थापाले लिम्पियाधुरा, कालापानी, लिपुलेक सहित नेपालको सम्पूर्ण भू-भाग समेटिएको आधिकारिक नक्सा प्रकाशित गर्ने निर्णय सरकारको निर्णय प्रशंसनीय भएपछि सरकारको दायीत्व अँझै पुरा नभएको भनने संकेत गेका छन् ।

थापाले विगतको त्रुटि र कमजोरी सच्याउने यस ऐतिहासिक कार्यले सबै नेपालीलाई गौरवान्वित बनाएको बताएका छन् । सोमबारमात्रै मन्त्रीपरिषदको बैठकले कालापानी, लिपुलेक र लिम्पयाधुरा समेटेर नयाा नक्सा सार्वजनिक गरेको छ ।

उक्त कार्यको सबैतिरबाट प्रसंसा भईरहेपनि यतिमा सरकारको कर्तव्य पुरा नहुनेने सबैले महशुस गराएका छन् ।

 

थापा लेख्छन्ः लिम्पियाधुरा,कालापानी,लिपुलेक सहित नेपालको सम्पूर्ण भूभाग समेटिएको आधिकारिक नक्सा प्रकाशितगर्ने निर्णय प्रशंसनीय छ । विगतको त्रुटिरकमजोरी सच्याउने यस ऐतिहासिक कार्यले सबै नेपालीलाई गौरवान्वित बनाएको छ । अबको दायित्व अतिक्रमित भूमिबाट बिदेशीलाई फिर्ता पठाउनु हो ।