६ जेठ काठमाडौं । आईसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । रोल्पा अस्पतालको आईसोलेसनमा रहेका रोल्पा नगरपालीका एकका २२ वर्षका युवकको मृत्यु भएको हो ।
यद्यपि उनको मृत्यु के कारणले भएको भन्ने खुलेको छैन कोरोना भए नभएको परिक्षण गरिदै छ । आईतबार आईसोलेसनमा रहेका युवकको सोमवार दिउँसो मृत्यु भएको र उनि मृगौलाको रोगि भएको खुलेको छ ।
रोल्पा अस्पतालका अनुसार कोरोना भए नभएको परिक्षणका लागि नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।
यस्तै रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले जानकारी दिएकी छिन् ।