६ जेठ काठमाडौं । सामाजिक सेवामा सकृय हुँदै आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसि, चिकित्सक संघका अध्यक्ष डा केदारनरसिंह केसि र नुवाकोट जिल्ला सभापती एवं नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसिले पशुपतिनाथमा काम गर्ने शुरक्षा कर्मीका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील संस्था यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट का प्रमुख संरक्षक अर्जुननरसिंह केसीले आज पशुपतिनाथका मुल भट्ट गणेश भट्टलाइ भेटि,अब राष्ट्रदेव भगवान् पशुपतिनाथको कृपा समग्र नेपाली जनता र विश्वलाई रहोस् र कोरोना बिरुद्धको लडाइँमा भगवान् पशुपतिनाथले सबैको रक्षा गरुन् भनी, ट्रष्ट्रको तर्फबाट र व्यक्तिगतरुपमा मुल भट्टमार्फत् पशुपति नाथमा प्रार्थना गरिदन आग्रह गरेको बताएका छन् ।
साथै मुल भट्टको हातबाट बाट चन्दन प्रसाद ग्रहण गरी ,त्यसपछि पशुपति मा कार्यरत सुरक्षा कर्मिहरुलाइ कोरोनासम्बन्धी स्वास्थ्य सामग्री वितरण गरिएको नेता केसिले बताए । अज सोहि सस्थाले नेपाली कांग्रेसका नेता एवं ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा उक्त सामाग्री एन के ९५ माक्स सर्जिकल माक्स, पिपिई र सेनिटाइजर समेत यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्ट ट्रस्टका अध्यक्ष डा केदारनरसिंह केसी ले हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा सस्थाका (महासचिब) तथा नेका नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी को उपस्थित थियो भने माहासचिब के सिले आरध्यदेव भगवान श्री पशुपति नाथले यो माहामारि बाट नेपालि र बिश्वमा रहेका मानब जातिको कल्याण गर्ने बिश्वास ब्यक्त गरेका थिए ।