६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मान्छे मरे पछि स्वाब टेष्ट! यो भन्दा बेटर पर्फमेन्स कुन देशले गरेको छ त? भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले आजको भाषणमा, ‘यद्यपी कोरोना छोएको हुनाले कोरोनाले मरेको हो भन्ने पर्या छ। तर त्यो विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार हो। तसर्थ म भन्न चाहन्छु अबस्था बास्तबमा त्यस्तो होइन। नेपालले बेटर पर्फमेन्स गर्या छ ।’ भनेको कुरामा असन्तुष्टी राख्दै नेता गुरुङ उनीसँग आक्रोशित हुँदै उक्त प्रतिकृया दिएका छन् ।
धनराजको भनाई जस्तको तस्तैः यद्यपी कोरोना छोएको हुनाले कोरोनाले मरेको हो भन्ने पर्या छ। तर त्यो विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार हो। तसर्थ म भन्न चाहन्छु अबस्था बास्तबमा त्यस्तो होइन। नेपालले बेटर पर्फमेन्स गर्या छ ।–प्र.म.
मान्छे मरे पछि स्वाब टेष्ट ! यो भन्दा बेटर पर्फमेन्स कुन देशले गरेको छ त ?