अन्तर्राष्ट्रिय

कोरोना प्रकोप झनै जटिल बन्दैः झण्डै ५० लाख संक्रमीत/ ३ लाख २४ हजार वढीले गुमाए ज्यान

७ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ । वल्र्ड मिटरले काशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ७० हजार ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, रुसमा २ लाख ९९ हजार ९ सय ४१, ब्राजिलमा २ लाख ७१ हजार ८सय ८५, बेलायतमा २ लाख ४८ हजार ८ सय १८, स्पेनमा २ लाख ७८ हजार ८ सय ३, इटालीमा २ लाख २६ हजार ६ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख २४ हजार ५ सय ३५ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ९३ हजार ५ सय ३३ । त्यस्तै, बेलायतमा ३५ हजार ३ सय ४१, इटालीमा ३२ हजार १ सय ६९, फ्रान्समा २८ हजार २ सय ३९ को मृत्यु भइसकेको छ ।

विश्वभर १९ लाख ५६ हजार हजार ३ सय ६१ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ३ लाख ६१ हजार १ सय ८०, जर्मनीमा १ लाख ५५ हजार ७ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना अहिले संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख ६ हजार ४ सय ७५ जना संक्रमीत भएका छन् भने ३ हजार ३ सय २ जनाको मृत्यु भएको छ । नेपालमा ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना संक्रमणमुक्त भएका छन् ।