७ जेठ काठमाडौं । अमेरिकामा कोरोना कहर झनै उग्र बन्दै गएको छ । त्यहाँ मृत्यु हुने र संक्रमीतको संख्या ह्वात्तै बढेको छ । अमेरिकाका झण्डै १६ लाख संक्रमीत छन् भने ९३ हजार वढीको मृत्यु भएको छ ।
वल्र्ड मिटरको बुधबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा १५ लाख ७० हजार ५ सय ८३ संक्रमीत भएका छन् भने ९३ हजार ५ सय ३३ को मृत्यु भएको छ ।
यस्तै ३ लाख ६१ हजार १ सय ८० जना निको भएका छन् । भने १७ हजार २ सय ४९ को अवस्था गम्भिर छ ।